सुर्खेतको ४ पालिकाको मतपरिणाम सार्वजनिक, ३ पालिकामा काँग्रेसको जित

मानबहादुर वली
सुर्खेत ३ जेठ ।
सुर्खेतमा ४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुर्खेतका ९ पालिका मध्ये गुुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकामा प्रमुखमा नेपाली काँग्रेसल जित हासिल गरेको छ भने चिंगाड गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । अन्य ५ पालिकामा मतगणना कार्य जारी छ ।
गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार हस्त पुनले ११ हजार ९ सय ७८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका तिलक खत्रीले १० हजार १ सय ६८ मत ल्याएका थिए ।
त्यसै गरी उपप्रमुखमा नेपाली काँग्रसकी मैना विकले ११ हजार ७ सय ४३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सुशिला विकले १० हजार २ सय ९९ मत ल्याउनु भएको छ । निर्वाचित प्रमुख पुन र उपप्रमुख विक २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित हुनु भएको थियो ।
यता पञ्चपुरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका लालविर भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ५ हजार ९०९ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका धनबहादुर थापाले ५ हजार ११८ मत ल्याउनुु भएको छ । उपमेयरमा काँग्रेसकै मुक्तिदेवी रेग्मीले ६ हजार ९४ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी एमालेकी दुर्गाकुमारी जैसीले ५ हजार १६८ ल्याउनु भएको छ । उपप्रमुखमा निर्वाचित रेग्मी २०७४ को स्थानीय तह निर्वाचनबाट पनि उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै बराहताल गाउँपापलिकामा अध्यक्षमा काँग्रेसका भीमबहादुर भण्डारीले ४ हजार २ सय ७३ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका घनश्याम पाण्डेले ३ हजार ५ सय ५५ मत ल्याउनु भएको छ । त्यसै गरी उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी पुन मगरले ४ हजार ३ सय १ मत सहित निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा एमालेकी उम्मेवार दुर्गाकुमारी विष्टले ३ हजार ५९९ र माओवादीकी भूमिसरा टोमटाले २ हजार ७८३ मत ल्याउनु भएको थियो ।
त्यसै गरी चिंगाड गाउँपालिका अध्यक्षमा एमालेका बोधविक्रम जिसीले ३ हजार ५ सय ९१ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँ प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ३ हजार ५ सय ३० मत ल्याउनु भएको छ । यस्तै उपाध्यक्षमा पनि एमालेकै मिनाकुमारी रोकायाले ३ हजार ५ सय ८१ मत सहित निर्वाचित हुनुभएको छ । त्यसै गरी उपाध्यक्षमै काँग्रेसकी मनमाया आचार्यले ३ हजार ४६९ मत पाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close