‘म यस्तो गीत गाउँछु २’ लेखकको उद्घोष : ‘आशिकी २’ सँग फिल्म मिले सन्यास लिन्छु’

नेपाली फिल्मलाई कथा चोरीको आरोप लाग्नु नौलो होइन । विदेशी फिल्मको कथा, सिक्वेन्स, सिन र सटसमेत चोरेर थुप्रै नेपाली फिल्म बनेका छन् । ‘कोहलपुर एक्सप्रेस’ र ‘लभ स्टेशन’ यसका तात्ताता उदाहरण हुन् । इन्टरनेटको पहुँच नहुँदा विदेशी फिल्मको कथा चोरेर नेपाली फिल्म बनाउँदा पनि चोरी पत्ता लाग्दैन थियो । तर, अहिले फिल्मकर्मीभन्दा बाठा दर्शक भैसकेका छन् ।

नेपालमा इन्टरनेटको बढ्दो प्रयोगसँगै नेपाली दर्शकले संसारमा बन्ने कुनै फिल्म हेर्न छुटाएका छैनन् । कुनै विदेशी फिल्मबाट कथा चोरेर नेपाली फिल्म बनेको छ भने ट्रेलरबाटै दर्शकले चोरी पत्ता लगाउँछन् । त्यसैले पछिल्लो समय विदेशी फिल्मको कथा हुबहु उतारेर नेपाली फिल्म बन्न निकै कम भएको छ । तर, निर्मुल चाहिँ भएको छैन । वर्षमा एक-दुइटा फिल्म चोरीका भेटिन्छन् ।
यही फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘म यस्तो गीत गाउँछु २’ लाई पनि कथा चोरीको आरोप लागेको छ । बलिउड फिल्म ‘आशिकी २’ को नेपाली भर्सन भन्दै अहिले सामाजिक सञ्जालमा फिल्मको आलोचना भैरहेको छ । बिहीवार सार्वजनिक भएको फिल्मको ट्रेलरमा १० प्रतिशत कमेन्ट ‘आशिकी २’ बाट हुबहु कथा चोरिएको भन्ने छ ।
‘आशिकी २’ र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर हेर्दा कथाको प्लटमा परिस्थिति मिल्दोजुल्दो छ । ‘आशिकी २’ मा आदित्य रोय कपूर चर्चित गायक हुन्छन् । उनको भेट श्रद्धा कपूरसँग हुन्छ । श्रद्धाको स्वर राम्रो हुन्छ । उनी एक रेस्टराँमा जीविको पार्जनका लागि गायिकाको रुपमा काम गरिरहेकी हुन्छिन् । उनको स्वर दुनियाँमाझ पुर्‍याउन आदित्यले गर्ने संघर्षमा फिल्म घुमेको छ ।
‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर ‘आशिकी २’ भन्दा भिन्न लाग्दैन । ट्रेलरमा देखाइए अनुसार, सुदर्शन थापा निर्देशित फिल्ममा पल विक्रम शाह चर्चित गायक हुन्छन् । उनको गायनको ठूलो फ्यान हुन्छिन्, छाँया उर्फ पूजा शर्मा । उनको पनि गायनमा रुचि छ । तर, अवसर पाएकी हुन्नन् । छाँयासँग भेट भएपछि पलले उनलाई गायिका बनाउन आफ्नो स्टारडम नै दाउमा राख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close