शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र आवश्यक देखिएको छ : गृहसचिव

काठमाडौं र ललितपुरमा लगाइएको निषेधित क्षेत्र शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक देखिएको गृह मन्त्रालयका प्रवक्ता एकनारायण अर्यालले बताएका छन् ।

शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र आवश्यक देखिएको छ : गृहसचिव 

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृह मन्त्रालयका सचिव अर्यालले काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न क्षेत्रलाई तोकेको निषेधित क्षेत्र आवश्यक रहेको बताएका हुन् । ‘काठमाडौं र ललितपुर जिल्ला प्रशासनहरूले विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि निषेधित क्षेत्र आवश्यक देखिएको छ,’ गृहसचिव अर्यालले भने ।

काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्र प्रदर्शनका लागि निषेधित तोकेको थियो । चार जना भन्दा बढी व्यक्ति जम्मा भएर प्रदर्शन गर्न नपाउने भनी यी दुई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकेको थियो । गृहसचिव अर्यालले निषेधित क्षेत्रको विरोध भइरहेपनि शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक भएको भन्दै उक्त कार्यको बचाउ गरे ।

त्यस्तै, ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि भएको दुई युवाको ज्यान जाने घटनासम्बन्धि अनुसन्धान समितिले दिएको प्रतिवेदन अध्ययनकै चरणमा रहेको गृहसचिव अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close