माओवादी केन्द्रले कर्णाली प्रदेश अध्यक्ष निर्विरोध छनोट, पदाधिकारी चयनमा सकस

सुर्खेत २९, मंसिर ।
सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश नेतृत्वमा अध्यक्ष बाहेह अन्य पदाधिकारीहरुको टुंगो लाग्न सकेको छैन । कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्विरोध हुनु भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी केन्द्रको प्रदेश सम्मेलनले अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको हो । उहाँ १० बर्षे जनयुद्धमा भूमिगत भइ यस अघि कर्णाली प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनु भएको थियो । उहाँ रुकुम पश्चिमबाट निर्वाचित सांसद समेत हुनुहुन्छ ।
बाँकी पदाधिकारीमा भने अझै टुंगो लाग्न बाँकी छ । मंगलबार मात्रै सम्मेलनले २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको थियो । सर्वसम्मत चयन भएका २ सय ११ जना प्रदेश सदस्यमध्येबाट नेतृत्वसहित पदाधिकारी चयनगरिने बताएकाे छ ।

यसअघि माओवादीले सबै जिल्लाबाट समानुपातिक प्रतिनिधित्व हुने गरी प्रदेश सदस्य चयन गरेको थियो । जसमा रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० जना चयन भएका छन् ।

माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५ प्रतिशत, दलित २५ प्रतिशत, युवा २० प्रतिशत र अल्पसंख्यक ५ प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close