बिधार्थीले त्रि वि परिक्षा नियन्त्रक सचिवालयको ढोकामा झुन्ड्याए घडी र क्यालेन्डर

सुर्खेत । ब्याचलर तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी लोकराज आचार्यले त्रि.वि.परीक्षा नियन्त्रक कार्यालय बल्खुको सचिवालयको ढोकामा भित्तेघडी र क्यालेण्डर झुण्ड्याइदिएका छन्।

उनले समय व्यवस्थापन गर्न नसकेको भन्दै सांकेतिक रुपमा दबाब दिने उद्देश्यले यो कार्य गरेको बताउनु भयो । उहाले भने ब्याचलर पढ्न थालेको २०७६ सालमा हो तर परीक्षा २०७८ सालमा भयो । दोस्रो वर्षको परीक्षा दिएर अहिले म तेस्रो वर्ष पुगिसकें। परिक्षा दिएको पनि १३ महिना भन्दा बढी भइसक्यो तर प्रथम वर्षको नतिजा अझै आएको छैन ।

समय हेर्ने घडी र मिति हेर्ने क्यालेन्डर परिक्षा नियन्त्रक पुष्पराज जोशी लगायतका माथिल्लो ओहदाका कर्मचारीहरुलाई दिने सोचेको थिएं तर कार्यालय मा उहाँहरू उपस्थित नभएको कारण यसो गर्न पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close