हवाई सेवा सुरु गर्ने मिति १५ दिन पर सार्ने तयारी

सरकारले भदौ १ बाट खुला गर्न लागेको आन्तरिक तथा बाह्य उडान सेवा कम्तीमा १५ दिन पर सार्ने तयारी थालेको छ। नेपाल नागरिक प्राधिककरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवाला निकायबीच सेप्टेम्बर १ (भदौ १६) बाट मात्र उडान सेवा शुरु गर्ने विषयमा छलफल भएको हो।

भदौ १ बाट उडान सेवा शुरु गर्ने तयारी भए पनि कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै कम्तीमा १५ दिन उडान सेवा पर सार्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक सदस्यले नेपाल लाइभलाई जानकारी दिए। ‘संक्रमण जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले केही उडान सेवा शुरु गर्ने मिति पर सार्न प्रस्ताव गरेको थियो। यो विषयमा अधिकांश सदस्यहरू एकमत जस्तै देखिएका थिए,’ ती सदस्यले भने।

सेवा शुरु गर्ने मिति १५ दिन सार्ने बारे अधिकांश सदस्य एकमत जस्तै भएपनि यसको अन्तिम निर्णय भने भएको छैन। यसका लागि ओपचारिक निर्णय भने सरकारबाट गराउने जिम्मा मन्त्रालयलाई दिइएको छ।

उडान सेवा शुरु गर्ने मिति पर सार्ने विषयमा सरकारले गरेको छलफलका विषयमा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग जिज्ञासा राख्दा आफूहरूले भदौ १ बाट नै उडान सेवा शुरु गर्ने तयारी गरेको बताए। तर जोखिम बढ्दै गएकाले सरकार गर्ने निर्णय अन्तिम हुने र त्यो प्राधिकरणका लागि मान्य हुने उनको भनाइ छ।

योसँगै भदौ १ उडान शुरु गर्ने मिति तय भएपनि सरकारले  अन्तिम समयमा आएर यो मिति पर सार्ने देखिएको छ। सरकारले भदौ १ बाट दैनिक ४० आन्तरिक र १२ अन्तर्राष्ट्रिय उडान तयारी गरेको थियो। योसँगै वायुसेवा प्रदायक कम्पनीहरूले समेत तयारी अघि बढाएका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close