निरन्तर ओरालोतर्फ सुनको मूल्य, आज पनि तोलामा ७ सयले घट्यो

आज सोमवार सुनको मुल्य तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भएको थियो ।

तर आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close