व्यवस्थित ढल निकास तथा पार्किङ नहुदाँ कर्णालीको राजधानी वीरेन्द्रनगर अस्तव्यस्त

कमल कुमार न्यौपाने
असोज ३, सुर्खेत ।
कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुदाँ अस्तव्यस्त बनेको छ । पार्किङका लागि मुख्यबजार तथा राजमार्गका नो पार्किङ लेखिएका साईनबोर्डहरु नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन जथाभावी पार्किङ हुने गरेका छन् । व्यवस्थित पार्किङमात्र नभई समयमा नै फोहोर संकलन नहुँदा चोक चोकमा फोहोरको डँगुर लाग्ने गरेको छ । वीरेन्द्रनगरमा ढल निकास, फोहोर मैला र अस्तव्यस्त पार्किङले नगरलाई कुरुप जस्तै बन्दै गएको छ । फोहर ब्यवस्थापन ढल निकास तथा पार्किङका लागि सरकारी तथा गैरसरकारी क्षेत्रले साझा अभियान संचालन गरेर व्यवस्थित बनाउने योजना बनाएता पनि अहिले सम्म पनी यि कामभएका खासै देखिएका छैनन् ।

वीरेन्द्रनगरमा फोहोर मैला विसर्जन, सडक ट्राफिक तथा पार्किङ व्यवस्थापनका तथा ढल निकास नहुदा वीरेन्द्रनगरवासीले यो समस्या झेल्दै आईरहेका छन् । ढल निकासमात्र नभई वीरेन्द्रनगरमा दैनिक निस्कने फोहर ब्यबस्थापन तथा पार्किङ व्यवस्थापन मा प्रदेश तथा स्थानिय सरकार बिच समन्वय नहुदा स्थानिय तथा राजधानीमा आउने नागरिकले सास्ती झेल्नु पर्ने अवस्था रहेको छ ।
अस्तव्यस्त पार्किङ व्यवस्थापनमा टाफिक प्रहरी तथा स्थानिय सरकार वीरेन्द्रनगर नगरपालिकाले सयुक्त रुपमा काम गर्न बताए पनि हाल सम्म काम भएको देखिदैन । व्यवस्थित नहुदा तथा पार्किङ स्थलका लागि स्थान नछुटाउनाले राजधानीमा दुर्घटनाहरुपनि लिन प्रतिदिन बढ्दै गएका छन् । पार्किङ स्थलका लागि स्थानिय सरकारले छुट्याएको सडक किनारमा पनि फुटपात तथा अन्य निमार्णका सामााग्री राख्नाले पार्किङमा समस्या रहेको छ । यसलाई स्थानिय सरकारले दिर्गकालिन रुपमा ब्यवस्थापन गर्न पर्ने टाफिक प्रहरीको भनाई छ ।
फोहोर मैला बिसर्जन अव्यवस्थित पार्किङले गर्दा बजारको शोभामा कमी आएको नगरपालिकाको बुझाई छ । सडक ट्राफिक व्यवस्थापन तथा व्यवस्थित बनाउनका लागि नगरपालिका लागि रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो ।
फोहरमैला,ढल निकास तथा ट्राफिक ब्यवस्थापनमा नगरपालिका तथा प्रदेश सरकारले बेलैमा ध्यान पु¥याउन आश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close