दुरशिक्षा सम्बन्धी अभिमूखिकरण सम्पन्न

सुर्खेत,७ चैत । नेपाल खुला विश्वविद्यालयले शिक्षालाई सरल र सहज बनाउनको लागि खुला तथा दुरशिक्षाका माध्यम सम्बन्धी अभिमूखिकरण कर्णालीमा सम्पन्न गरेको छ ।

छोटो समयमै राम्रो प्रगति गर्न सफल खुला विश्वविद्यालयले आफ्ना कार्यक्रमहरुलाई अझ थप प्रभावकारी, शसक्त र अधिक गुणस्तरीय बनाउन विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरुलाई यहि चैत४ गतेदेखि सात वटै प्रदेशमा खटाएको थियो ।

विश्वविद्यालयका अंग्रेजी शिक्षाका उप–प्राध्यापक खेमराज जोशीका अनुसार ‘हरेक घरमा शिक्षा, हरेक नागरिक शिक्षितः समृद्ध नेपालका लागि शिक्षामा विकेन्द्रीकरण’ भन्ने नाराका साथ वरिष्ठ प्राद्यापकहरुको नेतृत्वमा अभिमूखिकरणका लागि प्रदेशहरुमा पठाइएको थियो ।
शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले देशका हरेक प्रदेशहरुमा अमूखीकरण कार्यक्रम गरिएको जोशीले बताए ।
उप–प्राध्यापक खेमराज जोशी र सहायक प्राध्यापक प्रकाश पौडेलको नेतृत्वमा खटिएको टोलीले चैत शुक्रबार र शनिबारी गरी दुई दिन कर्णालीमा कार्यक्रम सम्पन्न गरेका हो ।

अभिमूखीकरणमा विश्वविद्यालयले खुला तथा दुर शिक्षाका माध्यमबाट कसरी गुणस्तरीय शिक्षा र एक्काइसांै शताब्दीका सिपहरु सिकाउन सकिन्छ भन्ने कुराहरुलाई जोड दिइएको थियो ।
कर्णाली प्रदेशमा गरिएको सो अभिमुखीकरण कार्यक्रमहरुमा सयौंको संख्यामा सहभागिता रहेको स्रोतव्यक्ति पौडेलले जानकारी दिए ।

छोटो समयका लागि गरिएता पनि कार्यक्रममा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र रुकुमपश्चिम गरी १० वटै जिल्लाका सहभागीहरुको उपस्थितिरहेको थियो । सो कार्यक्रमहरुमा प्रस्तोताद्वयले विश्वविद्यालयमा संचालनमा आइरहेका कार्यक्रमहरु, नयाँ कार्यक्रमहरु तथा प्रस्तावित कार्यक्रमहरुको बारेमा मात्र नभई विश्वविद्यालयको गुणस्तर सुधारका सम्बन्धमा पनि अन्तरक्रिया कार्यक्रम गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close