गणतन्त्रका संवाहकहरूको आरोप-प्रत्यारोपको स्तरले प्रणालीमाथी वितृष्णा पैदा गर्‍यो – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेको टिप्पणी गरेका छन् ।

अहिले प्रमुख दलहरुमा चलिरहेको आरोप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेको बताएका छन् ।

उनले भनेका छन् -गणतन्त्र,धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा/शैली/स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा/घृणा पैदा गरेको छ । स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close