बैशाख १७, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) का तीनजना बिरामी थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो। स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन् भने एकजना पर्साको वीरगञ्जका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएका छन्। यी संक्रमितहरु वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। यसअघि वीरगञ्जको इनरुवाका दुईजनामा कोरोना पुष्टि भएको थियो। यी तीनैजनालाई अहिले एम्बुलेन्बाट वीरगञ्जस्थित नारायणी कोरोना विशेष अस्पतालमा लगिँदैछ। त्यस अस्पतालमा अहिले वीरगञ्जकै दुईसहित तीन कोरोना संक्रमितको उपचार भइरहेको छ। त्यहाँ उपचाररत चारजना यसअघि नै डिस्चार्ज भइसकेका छन्।
Related Articles
बराहतालमा जग्गा नापजाँचमा तिव्रता
५ असार २०८०, मंगलवार ०८:५९
थप १० जनामा कोरोना संक्रमण, यससँगै नेपालमा संक्रमितको संख्या १ सय २० पुग्यो
२९ बैशाख २०७७, सोमबार ०९:५६
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
२० माघ २०७९, शुक्रबार १४:४०
तनावग्रस्त बालसुधार गृह प्रहरीको नियन्त्रणमा, फरार २५ कैदीबन्दी पक्राउ
५ आश्विन २०८०, शुक्रबार १८:३९
अब गुगल मेसेजले स्याटलाइट कनेक्टिभिटी सपोर्ट गर्ने, जहाँसुकैबाट च्याट गर्न सकिने
२४ चैत्र २०८०, शनिबार ११:१०
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
१५ जेष्ठ २०७९, आईतवार ११:१२