पेस्तोलसहित दुईजना पक्राउ

धनुषामा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यही माघ १२ गते साँझ उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानको काम अघि बढाइएको धनुषाका प्रहरी प्रमुख एवं एसपी विश्वराज खड्काले बताउनु भयो । उनीहरूको साथबाट माउजर पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली दुईथान बरामद गरिएको उहाँले जानकारी दिनु भयो ।
सो पेस्तोल भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको उहाँले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close