ब्राउन सुगर र नगदसहित एक युवा पक्राउ

सुर्खेत,१३ माघ । ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित वीरेन्द्रनगरका एक युवा पक्राउ परेका छन् । २८० ग्राम ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित वीरेन्द्रनगर ४ का २५ वर्षिय सरोज पन्त पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माघ १२ गते (हिजो) राती १२ः३० बजेको समयमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर १० बुलबुले गेट नजिकबाट पक्राउ गरेको हो ।
राती शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा फेलापारी शरीर खानतलासी गर्दा उनले लगाएको चेष्ट गार्डको अगाडीको खल्ती र साथमा भएको मोवाईल कभर भित्र लागु औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ ५ पुडिया फेलापारी रितपुर्वक बरामद गरेको प्रहरीले जनाएको छ ।
सो लागुपदार्थ नापतौल गर्दा प्लाष्टिक सहित ५७० मिलि ग्राम र प्लाष्टिक बाहेक शुद्ध नापतौल गर्दा २८० मि.ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र उनकै साथमा लुकाई छिपाई राखेको विभिन्न दरको नोट २ लाख ४३ हजार ४० रुपैयाँ प्रहरीले बरामद गरेको छ । पक्राउपछि सरोज पन्तलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close