
सुर्खेत, १२ माघ ।
आज भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्तारुढ गठवन्धन विजयी भएको छ ।
गठवन्धन तर्फका उमेद्वार नेकपा माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गा गुरुङ र एकिकृत समाजवादीका उदयबहादुर वोहोरा विजयी भएका छन् ।
राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशका १९१ मतदाता मध्ये १८९ जनाले मत हालेका थिए ।