ब्राजिलमा झन्डै २५ लाख जनालाई कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६६ हजार १ सय ३२ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका १ करोड ७० लाख ३६ हजार ७० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५ लाख ५७ हजार ६ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १४ हजार १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २४ लाख ९८ हजार ६ सय ६८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ८ हजार ७ सय ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

वल्डोमिटरको तथ्यांक अनुसार १७ लाख २१ हजार ५ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ५८ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close