सुर्खेत । सडक ट्र्याक खोलीको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रेको काम शुरु गरिएको छ । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको यो सडकको पहिलो खण्डअन्तरगत वड्डीचौरदेखी कालोपत्रे गर्न आज शिलान्यास गरिएको हो ।
कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बड्डीचौरमा सडक कालोपत्रेका लागि शिलान्यास गर्नु भएको छ। शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बुढाक्षेत्रीले वर्षौदेखी कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका नागरिकहरुलाई राहत हुने विश्वास व्यक्त गर्नु भयो ।मन्त्री बुढाक्षेत्रीकाअनुसार सडक निर्माणका क्रममा निर्माण व्यवसायीलाई साथ दिएर समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् ।
सडक निर्माणका क्रममा देखिने समस्याहरु समाधान गर्नमा गाउँपालिका प्रतिवद्ध रहेको बराताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए । पहिलो खण्डमा निर्माण भइरहेको सडकको धेरै भाग गाउँपालिका भित्र पर्ने भएकाले यसमा देखिने समस्याहरु समाधान गर्न आफू कटिवद्ध रहेको भण्डारीले जानकारी दिनु भयो ।पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्म जोडिने राष्ट्रिय राजमार्गअन्तर्गत सुर्खेतका काल्चे, मालारानी, बेनिघाटको २ सय ३२ किलोमिटर सडकलाई पर्दछ । सडक २०५१ सालमा ट्रयाक खोलिएको हो