सिंहदरवारमा सभामुखसँग तीन ठूला दलका शीर्ष नेताहरुको बैठक

सभामुख देवराज घिमिरेसँग प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरे , प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता केपी शर्मा ओली बैठकमा सहभागी हुनुभएको छ ।

तीन ठूला दलका शीर्ष नेताहरुसहित प्रमुख  सचेतक तथा सचेतकहरु पनि बैठकमा हुनुहुन्छ ।

लगातार संसदको बैठक अवरुद्द हुँदै आएपछि यसलाई खुलाउने विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गर्नुभएको थियो ।

प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गर्नुभएको थियो ।

आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close