टीकाको दिन आज मुलुकभर वर्षा

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा त आज धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भरे राति धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

लगातार पानी पर्दा यसपालीको दसैं हिले भएको छ । न्यून चापीय क्षेत्र बँगालको खाडी हुँदै मुलुकका विभिन्न भागमा विकसित भइरहेकाले यो दशैमा वर्षा भएको मौसमबिद्हरुले बताएका छन् ।

सामान्यतया अक्टोवर २ तारिखबाट नेपालमा मनसुन सकिने भए पनि बंगालको खाडीमा उत्पत्ति भएको सामुद्रिक आधीका कारण छिटै मनसुन सकिने अवस्था नदेखिएको हो । मौसम पूर्वानुमान महाशाखाले आज भोलि र पर्सि ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ । महाशाखाका अनुसार भोलि अझ धेरै वर्षा हुने आँकलन गरिएको छ ।

भारी वर्षाको सम्भावना भएकाले सर्तकता अपनाउन पनि मौषम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close