इतिहासमा पहिलो जितिन गौरीकाले एकल पौडीतर्फ स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार पौडीमा नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर प्रि–स्टाइल एकल पौडीमा गौरीकाले भारतीय खेलाडीलाई पछि पार्दै ऐतिहासिक जित हात पारेकी हुन्। साग खेलकुदको अहिलेसम्मको इतिहासमा गौरीकाले हात पारेको यो स्वर्ण एकल पौडीतर्फको पहिलो हो।

उनले भारतकी सुभांगी शर्मालाई पछि पार्दै नेपाललाई एतिहासिक स्वर्ण दिलाएकी हुन्। यसअघि नेपालले सागमै टिमको तर्फबाट स्वर्ण जिते पनि एकल पौडीमा स्वर्ण जितेको थिएन्। ऐतिहासिक रेकर्ड बनाउँदै गौरीकाले स्वर्ण जित्दा सुभांगीले रजत चित्त बुझाइन्।

१३ औंँ सागः पोखरामा धनुकाण शुरु

पोखरामा जारी १३ आँै दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आजदेखि पोखरामा धनुकाण खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि आज उक्त खेलको उद्घाटनसहित अभ्यास खेल शुरु भएको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।
यही मङ्सिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औंँ साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले गरे । आजदेखि ¥याङकिङ राउण्ड शुरु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकाले शुक्रबारदेखि सो राउण्ड शुरु हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का र बङ्गलादेश सहभागी छन् । भुटानका नौ तथा अन्य तीन देशका १६÷१६ खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्् । टिम रिकर्भ ९७० मिटर० महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । त्यसै गरी कम्पाउण्ड ९५० मिटर० महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासङ्घले ¥याङकिङ गर्ने भएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close