लागूऔषध ओसारपसारमा संलग्न १० जना पक्राउ

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो।
यसैबीच, अफगानिस्तानको ‘काउन्टर नोर्कोटिक्स पुलिस’ले गत शनिबार उत्तरी सामगन र पश्चिमी फराह प्रान्तमा लागूऔषध तस्करीमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको थियो।
अफगानिसतानको तालिवान प्रशासनले चरेस उत्पादन एवम् प्रशोधनमा प्रतिबन्ध लगाएको छ भने लागूऔषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close