युट्युबमा भिडियो हेर्दै मन परेको सामान किन्न मिल्ने फिचर आउँदै

युट्युबले भिडियोमा देखिएका विभिन्न उत्पादन सोझै खरिद गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको छ । यसको अर्थ यदि तपाईंले कुनै च्यानलमा भिडियो हेरिरहनु भएको छ र त्यहाँ देखाइएका कुनै उत्पादन मनपरेको खण्डमा उक्त सामान पत्ता लगाउन र खरिद गर्न सहज हुनेछ ।

हाल, यो फिचर परीक्षणको क्रममा रहेको छ । त्यसका लागि अमेरिकामा सीमित प्रयोगकर्तामाझ परीक्षण गरिएको छ । यो फिचर एन्ड्रोइड, आईओएस र वेब सबैमा परीक्षण भइरहेको जनाइएको छ ।

यसले क्रिएटरहरुलाई आफ्नो भिडियोहरूमा उत्पादनका बारेमा जानकारी थप गर्न दिनेछ । जुन शपिङ ब्याग आइकनमा देखा पर्नेछ । उक्त आइकनमा क्लिक गरी प्रयोगकर्ताले मनपरेकाे उत्पादन खरिद गर्न सक्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close