सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै, थापाले सह–महामन्त्री पाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापासहित ५० भन्दा बढी नेता–कार्यकर्ता आज नेपाली कांग्रेस प्रवेश गर्दैछन्।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गर्न लागेका हुन्। थापाले सह–महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश गर्ने ५ जनाले केन्द्रीय सदस्य पाउनेछन्। विष्णुविक्रम थापा, किरण गिरी, वृजलाल यादव, रामकृष्ण भट्टराई र बाबुराम बस्नेतले केन्द्रीय सदस्य पाउने जनाइएको छ।

राप्रपाका पूर्वमहामन्त्रीसमेत रहेका नेता सुनील थापासहित ३१ नेताहरूले शनिबार अध्यक्षत्रयलाई राजीनामा पत्र बुझाएका थिए।

स्वार्थ र परिस्थितिअनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति विश्वास समाप्त भएकाले राजीनामा दिएको उनीहरुले जनँएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close