भारतमा एकैदिन भेटिए ६८ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार ४९८ सक्रिय संक्रमित थपिएका हुन् ।

भारतमा कोरोना संक्रमितको समग्र संख्या पनि एक करोड २० लाख नाघेको छ । भारत कोरोना संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा एक लाख ६१ हजारभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । संक्रमण बढेसँगै केही राज्यमा रात्रिकालीन कर्फ्यु तथा सामाजिक गतिविधिमा कडाइका विभिन्न नियम लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close