२०७६ साल कस्तो रह्यो ? अध्यधिक चर्चा पाएका घटनाहरु थाहा पाउनुहोस ।

राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक क्षेत्रमा विभिन्न उदारचढाव झेल्लै वर्ष २०७६ हामीबाट विदा हुने तरखरमा छ । यस वर्ष सकारात्मक कम र नकारात्मक विषयका समाचारमा धेरै छाए । प्राकृतिक प्रकोप, सडक दुर्घटना, वैज्ञानिक उपलब्धी, विवादित राजनीतिक घटनाक्रम, व्यापार घाटा लगायतका घटना वर्षमा चर्चा तथा विवादमा रहे । सोही घटना क्रम मध्ये अध्यधिक चर्चा पाएका विषयलाई सारांसमा प्रस्तुत गर्ने प्रयास गरेका छौं ।

वैशाख

नयाँ वर्षको सुरुवातमै सोलुखुम्बुमा हवाई दुर्घटना हुँदा २ जनाको ज्यान गयो । मेडिकल कलेजले लिएको चर्को शुल्क यस वर्षको सुरुवात देखीनै चर्चामा रह्यो । ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेल सहितका नेताको संलग्नता रहेको खुल्यो । त्यस्तै तत्कालिन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई संयाजकत्वको नयाँ शक्ति पार्टी एकता भई समाजवादी पार्टी बन्यो ।

जेठ

कामिरितता शेर्पाले २४ औं पटक सगरमाथा चढेको रेकर्ड बनाउन सफल भए । उता नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्की भ्रष्टाचार अभियोगमा बर्खाष्त भए । त्यस्तै, नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले संघीय राजधानी काठमाडौंको तीन स्थानमा श्रृंखला बद्ध बम आक्रमण गर्यो । जसका कारण सुकेधारमा ३ र घट्टेकुलामा एक जनाको मृत्यु भयो । मुलुक साढे १० खर्ब ऋणमा डुवेको खबर सार्वजनिक भयो । अन्धविश्वासमा देवी खुशी पार्ने भन्दै साढे दुई वर्षका वालकको निर्मम हत्या भएको समाचारले पनि चर्चा पायो । सरकारले ल्याएको गुठी विद्येयकका विरुद्धमा सत्ता पक्ष र विपक्ष दुवैले आन्दोलनका माध्यमबाट सडक तताए ।

असार

नेपालको पहिलो स्याटलाइट अन्तरिक्षमा पुग्यो । चौतर्फी दवावपछि सरकारले गुठी विद्येयक फिता लियो । नेकपामा अन्तरकलहको विषयले चर्चा पायो । लगातारको वर्षाको कारण आएको बाढी पहिरोबाट देशभर २२ जनाको ज्यान गयो, ५ जना बेपत्ता, ४ सय ३५ परिवार विस्थापित भए । भारतीय बाँधले नेपाली बस्ती डुबानमा पर्‍यो ।

साउनमा

नेपालसहित दक्षिण एशियाको मुख्य रोजगारी क्षेत्र मानिएका ६ वटा देशमा श्रम बजार खुम्चिएको दुखद समाचारका साथै चीनले नेपाललाई १५ वटा विमानस्थल प्रयोग गर्न अनुमती दिएको विषयले केही उर्जा दियो । पूर्व पश्चिम विद्युतीय रेलमार्ग सहित संभावित अन्य स्थानको पहिचान सरकारले गर्‍यो । यो महिना अर्को निराश छाउने समाचार आयो त्यो हो व्यापार घाटा १३ खर्ब २१ अर्ब पुग्यो ।

भदौ

डेंगुले महामारीको रुप लियो । नेपालमा भारतबाट पाइपलाइनबाटै तेल भित्र्याउने सम्झौता भयो । जेलभित्र रहेका कैदीसंग मिलेर फिरौती संकलनको धन्दामा जोडिएको आरोपमा गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापा पक्राउ परे ।

 असोज

संसद सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयास गरेको आरोममा तत्कालिन सभामुख कृष्ण बहादुर महराले सभामुख पदबाट राजनीमा दिनुपर्‍यो पछि जेल परेका उनी हाल जेलमुक्त भइसकेका छन् । चीनका राष्ट्रपति सी चिनिफिङको नेपाल भ्रमण भयो । १२ वर्ष अघिको बम विस्फोट घटनाका मुख्य योजना एवं कांग्रेसका तत्कालिन सांसद मोहम्मद आलम पक्राउ परे हाल उनी जेलमा छन् ।

 कात्तिक

शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका ७ वटै प्रदेशका प्रमुखलाई बर्खास्त गरि वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्‍यो । यही महिनामा भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेपछि तिव्र विरोध भयो ।

मंसिर

केपी ओलीले सरकार र पुष्प कमल दाहालले दल चलाउने गरि नेकपाले एकिकरणको १८ महिना पछि स्प्रष्ट कार्यविभाजन गर्‍यो । ११ औं दक्षिण एशियाली खेलकुद सागको सफलता पूर्वक सम्पन्न भयो । नेपाललाई ५१ स्वर्ण प्राप्त भयो । प्रतिनिधि, प्रदेश र स्थानीय तहका ५२ पदका लागि उपनिर्वाचन भयो । निर्वाचनमा ६५ं.४३ मतदाता सहभागी भए । यती समुहलाई सरकारी जग्गा सहुलियतपूर्ण रुपमा उपलब्ध गराइएको विषयले चर्चा पायो । मंसिर अन्त्यमा सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५जनाको ज्यान गयो ।

पुस 

विकास र सहयोग सम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा नेकपाका नेताहरुमा चर्काचर्की भयो । संविधान संशोधन गर्ने पुरानो सहमतीमा सरकार प्रतिवद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरियो । यससँगै नेकपा नेतृत्वको सरकारले २ तिहाई बहुमतको समर्थन गुमायो । १० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित भ्रमण वर्षको औपचारिक उद्घाटन गरियो । विश्वमा कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि भ्रमण वर्ष अभियान नै खारेज गरियो ।

माघ

अग्नी सापकोटा सभामुखमा निर्वाचित । ललिता निवास जग्गा अनियमितामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छादार सहित १ सय ७५ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गर्यो ।

फागुन

सेक्युरिटी प्रेस खरिद गरेर ७० करोड कमिशन हत्याउने विवादास्पद अडियो सार्वजनिक भएपछि तत्कालिन संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए हाल सो मन्त्रालय अर्थमन्त्री युवराज खतिवडाले सम्हाल्दै आएका छन् । कोरोना संक्रमण विश्वमा फैलन क्रम बढेसंगै अन्तर्राष्ट्रिय आवागमनमा कढाइ । प्रधानमन्त्रीको ओलीका मृगौला सफलतापूर्वक प्रत्यारोपण भयो ।

चैत

मुलुकमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै मुलुक चैत ११ गते देखी हालसम्म लक्ड डाउनमा छ । नेपालमा हालसम्म ३ जना भारतीय नागरिक सहित १२ जनामा संक्रमण पुष्टी भएको छ भने १ जना पुर्ण रुपमा स्वस्थ भइसकेका छन् अन्यको क्रमिक सुधार भइरहेको सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close