कर्मचारीलाई कोरोना देखिएपछि मालपोत सुर्खेतका सेवा बन्द

 

सुर्खेत – कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय सुर्खेतले सेवा प्रवाह बन्द गरेको छ । कोभिड(१९ संक्रमणको तेस्रो लहर चलिरहेको बेला कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई संक्रमण पुष्टी भएपछि सेवा बन्द गरिएको हो ।
कर्मचारीलाई कोरोना सक्रमण भएपछि कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका कार्यहरु माघ २१ गतेसम्मका लागि स्थगत गरेको जनाएको छ ।
सेवा बन्दको सूचना अनुसार कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवाग्राहीसँग प्रत्यक्ष जोडिएको कामकाज स्थगन गरिएको उल्लेख छ।

दैनिक प्रशासनिक कार्यहरुलगायत, अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित कार्यहरु भने जारी रहने मालपोत कार्यालय सुर्खेतका कार्यालय प्रमुख जनकबहादुर हमालले बताउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close