कांग्रेस महामन्त्रीमा गगन थापा जित नजिक

 

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट सुरु भएको मतगणनामा महामन्त्रीमा गगन थापा जित नजिक पुग्नु भएको छ । ३१२० मत गन्दा थापाले २०३७ मत प्राप्त गर्नुभएको छ । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।
अहिले पार्टी कार्यालय अगाडि थापाका शुभेच्छुकहरुले नारबाजी गर्दै मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरी रहेका छन् ।
यस्तै, विश्वप्रकाश शर्माले १२५५, प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५, मीनेन्द्र रिजालले ५४६ मत र राजाराम कार्कीले ७५ मत प्राप्त गर्नु भएको छ । छन् ।

यही अनुपातमा मत खसे विश्वप्रकाश शर्माले पनि जित्‍न सक्ने सम्भावना देखिएको छ ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुनु हुन्छ । त्यस्तै, शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनु भएको हो । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close