नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।
कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको एक जना नेताले जनाएका छन् ।
साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने छन् ।
माओवादी स्थायी समितिको बैठक बिहीबारै सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close