पथरीका स्थानीयले चार व्यक्तिलाई शनिबार दिनभर बन्धक बनाए

विराटनगर । आफुहरु बस्दै आएको जग्गा किनबेचका लागि बिचौलीया आएको आरोपमा मोरङको पथरीका स्थानीयले चार व्यक्तिलाई शनिबार दिनभर बन्धक बनाएका छन् ।

पथरीशनिश्चरे ३ स्थित किरातीचौकका स्थानीयले बारा बडीगल्लीका विवेक जौशवाल, दीपक काफ्ले, माधव लामिछाने र राजेश जौशवाललाई नियन्त्रणमा लिएर शनिबार दिभर बन्धक बनाएको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लिलेटको कारमा आएका पाँचजना मध्ये चार जनालाई नियन्त्रणमा लिएको र एक जना भने भाग्न सफल भएका थिए ।

नियन्त्रणमा लिने क्रममा स्थानीयले उनीहरूलाई कुटपिटसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनिहरुलाई सोही स्थानको किरातीचौकमा स्थापना गरिएको प्रहरी विहिन अस्थाइ प्रहरी पोष्टमा थुनेका थिए । सो पोष्टलाई स्थानीयले भू–माफिया बन्दीगृह नामकरण समेत गरेका छन् । प्रहरीले समस्या समाधान गर्न र घटनालाई आफ्नो नियन्त्रणमा लिन धेरै प्रयास गरेको थियो । साँझ विराटनगरबाट थप प्रहरी प्रयोग गरि थुनिएका चारजनालाई इलाका प्रहरी कार्यालय पथरीमा लगेको छ ।

स्थानीयले पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलीपकुमार राईले सुकुम्बासीका समस्या समाधानको प्रतिबद्धता नजनाउन्जेल नियन्त्रणमा लिएकालाई प्रहरीको जिम्मा नलागाउने अडान लिएका थिए । यद्यपि प्रहरीले थप बल प्रयोग गरी चारैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close