ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेत,१ फागुन । लागूऔषधसहित प्रहरीले वीरेन्द्रनगरका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइली नजिकैबाट ओमबहादुर शाही र सोही नगरपालिकाको वडा नम्बर १० बुलबुले गेट नजिकैबाट राजेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

बर्दियास्थित बारबर्दिया नगरपालिका-७ का २१ वर्षीय ओमबहादुर लाटीकोइलीमा शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोषाकको सयुक्त टोलीले उनको शरीर खानतालसी गर्दा लुकाइछिपाई राखेको ब्राउन सुगर रहेको फेला परेको प्रहरीले जनाएको छ । ओमबहादुरका साथबाट पाँच पुडिया ब्राउन सुगरसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुर्खेतको पर्यटकीय क्षेत्र बुलबुले गेट नजिकै वीरेन्द्रनगर-९ का ३० वर्षीय राजेन्द्र शंकास्पद तरिले हिँडिरहेको अवस्थामा प्रहरीले खानतलासी गरेको थियो । उनको साथबाट एक पुडिया ब्राउन सुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close