सवारी दुर्घटनाहुदाँ एकजनाको मृत्यु

बारामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो ।
आइतबार मध्यान्न १२ बजे बुद्धचोकमा वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को बस ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार बसको ठक्करबाट मिया गम्भिर घाइते भएका थिए ।
मियालाई सीटी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा ल्याइएको थियो । गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक सिरहा सुखीपुर नगरपालिका–८ बस्ने ४२ वर्षीय ललन कुमार दासलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close