विद्युत् हुकिङ गरी चोरी गर्ने नौ जना पक्राउ

दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने नौ जना पक्राउ पेरका छन्। राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा नौ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ वसन्तपुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर ३ भैंसवाका जमुना प्रसाद यादव रहेका नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो।
यस्तै, राजपुर गाउँपालिका वडा नम्बर ५ चङ्गवाका सञ्चित कुमार यादव, शिवकुमार यादव, तहलु यादव, फिरोज अली, बैधु अली र गढवा गाउँपालिकाको वडा नम्बर ४ रामनगरका दिपक यादव रहेका छन्।
नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्र, सशस्त्र प्रहरी बल अर्जुन खोला र इलाका प्रहरी कार्यालय गढवाको टोलीले उनीहरूलाई विद्युत् हुकिङ गरी चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रमुख लामिछानेले बताएका छन्। उनीहरूले १ लाख २ हजार रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको छ।
त्यस मध्यमा ४ जनाले ४० हजार रुपैयाँभन्दा बढी जरिबानासहितको बक्यौता रकम बुझाएपछि छाडिएको छ भने अन्य ५ जनाको बारेमा छानबिन भइरहेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close