विस्फोटपछि शोकमा डुब्यो लेबनान !

लेबनानको राजधानी बेरुतमा ठुलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्य मन्त्रीले सय जनाको ज्यान गएको र करिब चार हजार मानिस घाइते भएको बताएका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधवार राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन् ।

अधिकारीहरुको अनुसार अधिक मात्रामा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा मंगलवार विस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीटमा लेखे, यस घटना पुरै अस्वीकार्य छ कि दुई हजार सात सय ५० टन विष्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गरी राखिएको थियो ।

विष्फोट कसरी भयो भन्ने कुराको जाँच जारी रहेको छ । घटना स्थलको अवस्था निकै पिडादायी रहेको देखिन्छ, विष्फोटको कारण मृतकको शव छरिएको छ र निकै ठुलो मानव क्षति भएको छ ।

प्रधानमन्त्री हसन दिआबले यसलाई निकै भयावह रहेको बताएका छन् । उनले भने, “ दोषीलाई कुनैपनि हालातमा छोडिने छैन।”

विष्फोट भएको गोदाममा सन् २०१४ देखि विष्फोटक नाइट्रेट भण्डारण गरी राखिएको थियो ।

समाचार एजेन्सी एएफपीको अनुसार वरपरको सबै भवन विष्फोटमा ध्वस्त भएका छन् र चारैतिर शिशा र धुलो छरिएको छ । विष्फोटको आवाज पूर्वी भूमध्यसागर, दुई सय ४० किलोमीटर टाढा  साइप्रस सम्म सुनिएको थियो ।

उक्त विष्फोट सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरीरीको हत्याको जाँच र अदालतको  सुनवाईको निर्णय आउनुभन्दा ठिक पहिला भएको छ । विष्फोट शहर समुद्री क्षेत्रमा भएको हो, अनलाइनमा पोष्ट भएका भिडियोमा विष्फोटको दृश्य निकै डरलाग्दो देखिएको छ, आगोको ज्वाला संगै विशाल धुवाको मुस्लो देखिन्छ ।

लेबनान अहिले आर्थिक संकटले घेरिएको छ र यस्तो समयमा विष्फोट हुनु देशको लागि ठुलो नोक्सानी  रहेको छ ।

अस्पतालमा ठुलो संख्यामा घाइतेहरुलाई भर्ना गरिएको छ । विष्फोट के कारणले भयो भन्ने कुरा अहिले सम्म पत्ता लागेको छैन । कतिपय रिपोर्टमा यो एक दुर्घटना भएको पनि देखाइरहेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीको रिपोर्टमा सामुन्द्रिक क्षेत्रमा स्थित एक विष्फोटक केन्द्रमा आगो लागेको बताइएको छ । स्थानीय संचार माध्यममा मानिसहरु धुलोले पुरिएको देखाइरहेको छ ।

लेबनानको इजराइलसँग सीमा विवाद जारी छ । इजराइलले पछिल्लो हप्ता आफ्नो सिमानामा हिजबुल्लाहको घुसपैठ निस्क्रिय भएको बताएको थियो । इजराइलका उच्च अधिकारीको तर्फबाट उक्त विष्फोटमा इजराइलको कुनै हात नरहेको बताएका छन् ।

लेबनानमा पछिल्लो समय सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । लेबनान सन् १९७५ देखि १९९० को गृह युद्ध पछि सबै भन्दा ठुलो आर्थिक संकटबाट गुज्रिरहेको छ र मानिसहरु सरकारको विरोधमा सडकमा उत्रिएका छन् ।

विष्फोट पछि थुप्रै तस्वीर र भिडियो सामाजिक संजालमा आएका छन् जसमा विशाल धुवाको मुस्लो र थुप्रै किलोमिटर सम्म सबै ध्वस्त भएको देखिन्छ । उक्त विष्फोटले आर्थिक संकटमा रहेको लेबनान थप शोकमा डुबेको छ । लेबनानको अर्थव्यवस्था पुरै बर्बाद भएको छ र मानिसहरु सडकमा सरकारको विरोध गरिरहेका छन् ।

विष्फोटको ठिक पहिला सरकार विरोधी प्रदर्शनकारी र प्रहरी बीच ऊर्जा मन्त्रालय बाहिर झडप भएको थियो । मानिसहरु नेताहरुलाई जिम्मेवारी मान्दै जवाफको माग गरिरहेका छन् ।

लेबनानमा भोकमरीको चेतावनी दिइएको छ र साम्प्रदायिक झगडा बढ्ने आशंका गरिएको छ ।

उक्त घटनाले थुप्रैलाई रफिक हरीरीको मृत्युको सम्झना गराएको छ ।

लेबनानका बासिन्दा यस पटक यो कुनै पुर्वनियोजित षड्यन्त्र नभई दुर्घटना पनि भएको हुन सक्ने आशंका गरिरहेका छन् ।

हरीरी हत्याकाण्ड के हो ?

सन् २००५ मा कार बमको माध्यमबाट लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरीरीको हत्या गरिएको थियो । संयुक्त राष्ट्रको एक ट्राइब्यूनल उक्त हत्याको विषयमा शुक्रवार निर्णय सुनाउने क्रममा थियो ।

उक्त हत्यामा संलग्न चार आरोपीत ईरान समर्थित हिजबुल्लाह समूहका हुन् । तर उनीहरुले आफु उक्त घटनामा संलग्न भएको कुरा अस्विकार गरेका गर्दै आएका छन् । हरीरी आवास बाहिर अर्को पनि विष्फोटको घटना बाहिर आएको छ । चारै जना आरोपीत शिया मुसलमान रहेका छन् र उनीहरु विरुद्ध अदालती सुनवाई नेदरल्याण्डमा भएको हो ।

हरीरीलाई जब कार बमको माध्यमबाट मारिएको थियो तब उक्त विष्फोटमा थप २१ जनाले ज्यान गुमाएका थिए ।

सन् २००५ फेब्रुअरी १४ हरीरी सवार एक गाडीलाई लक्षित गरी ठुलो विष्फोट गरिएको थियो र उक्त घटनामा उनको मृत्यु भयो ।

हरीरी लेबनानका प्रमुख सुन्नी नेता थिए । हत्या भन्दा पहिला उनले विपक्षलाई समर्थन गरेका थिए , हरीरीले लेबनानबाट सिरियाको सेना हटाउने मागको समर्थन गरेका थिए ।

सन् १९७६ मा भएको गृहयुद्ध पछि सिरियाका सैनिक लेबनानमा नै थिए । हरीरीको हत्या पछि सिरिया समर्थक सरकारको विरुद्धमा हजारौंको संख्यामा मानिसहरु सडकमा प्रदर्शनको लागि उत्रिए । हरीरीको हत्याको लागि लेबनानको बलियो छिमेकीलाई जिम्मेवार मानिएको थियो ।

आक्रमणको दुई हप्ता पछि सरकार राजिनामा दिन बाध्य भयो र केहि समय पछि सिरियाले आफ्नो सैनिक फिर्ता बोलायो । सबै प्रमाण संकलन गरेपछि संयुक्त राष्ट्र र लेबनानले विष्फोटको जाँचको लागि सन् २००७ मा द हेग मा एक ट्राइब्यूनल गठन गर्यो ।

उक्त ट्राइब्यूनलले ईरान समर्थित हिजबुल्लाहका चार आरोपी माथि आतंकवाद , हत्या र हत्याको प्रयासको आरोप तय गर्यो । आक्रमण संग जोडिएको अर्का पाँचौ आरोपी तथा हिजबुल्लाहका सैनिक कमान्डर मुस्तफा अमीनको सन् २०१६ मा हत्या भयो ।

हिजबुल्लाहका समर्थकले यस ट्रायललाई अस्विकार गरेका छन् , उनीहरु ट्राइब्यूनल राजनीतिक रूपमा  तटस्थ नरहेको बताउँछन् ।

विष्फोट भएको अमोनियम नाइट्रेट के हो ?

अमोनियम नाइट्रेट एक गन्धहीन रासायनिक पदार्थ हो जसलाई थुप्रै काममा प्रयोग गरिन्छ । सामान्यरुपमा यसको सबै भन्दा धेरै प्रयोग दुईवटा कामको लागि हुने गर्दछ पहिलो खेतीपाती मा रासायनिक मलको रुपमा र अर्को निर्मण वा खननको काममा विष्फोट गर्नको लागि प्रयोग हुन्छ ।

यो अत्यन्त विष्फोटक रासायनिक पर्दार्थ हो । यसमा आगलागी भए विष्फोट हुने गर्दछ र त्यस पछि खतरनाक ग्यास निस्किन्छ जसमा नाइट्रोजन अक्साइड र एमोनिया हुन्छ ।

यो अत्यन्त ज्वलनशील पदार्थ भएको कारण यसलाई निकै सावधानीपुर्वक भण्डारण गर्नु पर्ने हुन्छ ।

भण्डारणको कडा नियम लागु गरिको छ जसमा भण्डार पुरै वाटरप्रुफ हुनुपर्ने छ साथै अमोनियम नाइट्रेट जम्मा हुने कुनै पानिको पाईप वा नाली राख्नु हुँदैन ।

ठुलो मात्रामा अमोनियम नाइट्रेट राखिएको भण्डारमा कसरी आगो लाग्यो भन्ने कुरा स्पष्ट भएको छैन र लेबनान विष्फोटको जाँच भइरहेको छ ।

विश्वमा अमोनियम नाइट्रेटको कारण पहिला पनि थुप्रै दुर्घटना भएको छ ।

सन् २०१३ मा अमेरिकाको टेक्सस राज्यमा एक फर्टिलाइजर प्लान्टमा धमाका भएको थियो जसमा  १५ जनाको मृत्यु भएको थियो । त्यस्तै सन् २००१ मा फ्रान्सको टुलूजमा पनि एक केमिकल प्लान्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियो ।

सन् १९९५ मा अमेरिकाको ओकलाहोमा भएको विष्फोटमा प्रयोग भएको बम अमोनियम नाइट्रेट भएको  पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close