काभ्रेपचाञ्चोक र अछाममा भूकम्पको धक्का महसुस

आज विहान काभ्रेपचाञ्चोक र अछाममा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४।३ म्याग्निच्युड र ८ बजेर ३५ मिनेटमा अछामको छतारा आसपास केन्द्रविन्दु भएर ४।४ म्याग्निच्युड रको भूकम्पको धक्का महशुस गरिएको हो ।
अछाममा महशुस गरिएको धक्का नयाँ पराकम्प भएको र काभ्रेको धक्का विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो ।
यी भूकम्पका कारण कुनै क्षतिको विवरण आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close