जनता मा बि मा कम्प्युटर ल्याव उद्घाटन

पञ्चपुरी नगरपालिका वडा नं ९ मा रहेको जनता माद्यामिक बिद्यालय को कम्प्युटर ल्याव एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । ल्याव संचालन ले बिद्यालयमा बालबालिकालाई कम्प्युटर सम्बन्धि प्रयोगात्मक ज्ञान दिनको लागि सहयोग हुने बिद्यालय ले जनाएको छ । पञ्चपुरी नगरपालिका को ६ लाख ५० हजार को सहयोग मा १० थान कम्प्युटर खरिद गरिएको छ ।

कम्प्युटर ल्यावको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले नमुना बिद्यालय हुनको लागि कम्प्युटर ल्याव पनि आबश्यक भएको हुदा नगरबाट सहयोग गरेको बताउनुभएको छ । साथै उहाले सामाग्री लाई सहि सदुपयोग गरि उपलब्धि देखिने गरि काम गर्न आग्रह समेत गर्नुभएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाधर बास्तोलाले बिद्यालय लाई नमुना बनाउन स्थानीय निकायको भुमिका पनि महत्त्वपूर्ण हुने भएको हुदा यसमा साथ र समन्वय गर्न आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख द्रोणराज पाठक, वडा नं ८ का अध्यक्ष भक्ती पौडेल, वडा नं ९ का अध्यक्ष शान्तीराज खराल, शिक्षक संघ पञ्चपुरीका अध्यक्ष प्रेम बिष्ट, बिद्यालयका प्रधानाध्यापक मोतिराज जोशी लगाएत शिक्षक, बिब्यस को समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close