तीन दिनभित्र ‘सिद्धबाबा’ अदालत बुझाइने, के होला फैसला ?

विराटनगर । जिल्ला अदालत सुनसरीले बलात्कार आरोपमा प्रहरी निगरानीमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अबको तीन दिनमा उनलाई अभियोग पत्र सहित अदालतमा बुझाइनेछ ।

तेस्रो पटक म्याद थपको क्रममा तीन दिनभित्र मिसिल बुझाउनु भन्ने अदालतको आदेश बमोजिमको तयारी थालिएको प्रहरीले जनाएको छ । प्रहरीले गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको पनि स्पष्ट पारेको छ । मिसिल बुझाएपछि कृष्णदास उपरको मुद्दामा थुनछेक बहस सुरु हुनेछ । थुनछेक पश्चात कृष्णदासलाई पूर्पक्षकालागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा सादा तारिकमा छाड्ने तीन मध्ये एक आदेश हुन सक्ने कानुन व्यवसायी बताउँछन् ।

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी बिनोद शर्माका अनुसार कृष्णबहादुर गिरीसँगको बयान सकिएको छ । दुई पटक गरी ११ दिनको म्याद अस्पतालमै गुजारेका कृष्णदासलाई पछिल्लो पटक ३ दिन म्याद थप गरी पुनः बिराट नर्सिङ होममै राखिएको छ । पक्राउ अघिनै अस्पतालमा बसेका कृष्णदासलाई १० दिन म्याद थपको मागसहित प्रहरीले शुक्रबार सुनसरी जिल्ला अदालत उपस्थित गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close