राष्ट्र बैंकको प्रतिवेदन : महँगी घट्यो

नेपाल राष्ट्र बैंकले महँगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ को पाँच महिनाको देशको वर्तमान अर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले महंगी घटेको बताएको हो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत रहेको छ । अघिल्लो महिना ४.०५ प्रतिशत थियो ।  अघिल्लो वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ६.५५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत रहेको छ ।

२०७६ मंसिरको तुलनामा २०७७ मंसिरमा फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत महंगी रहेको प्रतिवेदनमा भनिएको छ ।  २०७६ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ७.६० प्रतिशत, ६.६६ प्रतिशत, ५.२७ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.९८ प्रतिशत रहेको थियो ।  मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १३.३३ प्रतिशत र ३.२६ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ०.६० प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close