चिङ्गाड गाउँपालिकाको अध्यक्षमा एमालेका जिसी निर्वाचित

नेकपा एमालेले सुर्खेतको चिङ्गाड गाउँपालिका जितेको छ। एमालेका बोधविक्रम जिसी ३ हजार ५९१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ३ हजार ५३० मत ल्याएका छन्।
उपाध्यक्षमा पनि एमालेकै मिनाकुमारी रोकाया निर्वाचित भएकी छन्। उनले ३ हजार ५८१ मत ल्याएकी छन् भने काँग्रेसकी मनमाया आचार्यले ३ हजार ४६९ मत पाएकी छन्।
अहिले पराजित आचार्य २०७४ को निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close