एन्फाले कर्णाली प्रदेशलाई ३—१ गोल अन्तरले हरायो

सुर्खेत,३० माघ । वीरेन्द्रनगरमा सम्पन्न मैत्रिपुर्ण फुटबल प्रतियोगितामा एन्फा ११ ले कर्णाली प्रदेश सरकारलाई ३÷१ गोल अन्तरले हराएको छ ।
वीरेन्द्रनगर स्थित नवनिर्मित रंगशालामा भएको प्रतियोगितामा कर्णाली सरकार विरुद्ध एन्फाले पेनाल्टी सुटआउटमा जित निकालेको हो ।

एक घन्टासम्म भएको खेलमा दुबैतर्फबाट एक÷एक गोलको बराबरी भएपछि खेल ट्राईब्रेकमा धकेलिएको थियो ।
ट्राईब्रेकमा एन्फाले तीन गोल गर्दै नतिजा आफ्नो पोल्टामा पार्यो भने कर्णाली सरकारले एक मात्र सान्तवना गोल फर्काउन सक्यो ।

कोभिट—१९ पछि सुस्ताएको फटबल गतिविधिलाई चलाएमान बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।
कोरोना कहरका कारण गत साल चैत १० गतेदेखि बन्द भएका भएको खेलकुद गतिविधि पुनः सञ्चालन गरिएको जिल्ला फुटबल संघ सुर्खेतले जनाएको छ ।

कर्णाली ११ को कप्तानी मुख्मन्त्री महेन्द्रबहादुर शाही र एन्फाको कप्तानी पुर्व राष्ट्रिय फुटबलका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिहंले गरेका थिए ।
प्रतियोगितामा मुख्यमन्त्री शाहीले ३० मिनेट खेल्नुभयो भने कृषि मन्त्री विमला केसी १५ मिनेट सम्म मैदानमा रहिन् ।
यस्तै सामाजिक विकास मन्त्री दल रावलले १० मिनेट खेल्दा सभामुख राजबहादु शाहीले भने ८ मिनेट मात्र खेल्न सके ।
१०आंै राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न सन्देश दिन पनि प्रतियोगिताको आयोजना गरिएको जिल्ला फुटबल महासंघ सुर्खेतका महांसचिव गणेशकुमार कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close