स्याङजा–२ अपडेट : धनराज गुरुङ र पद्मा अर्याल बीच कडा टक्कर, कसले मार्ला बाजी ?

स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिइरहनु भएको छ ।

मतगणनमा सुरुवाती अग्रता भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले लिनु भएकाे थियो । तर मतगणना अघि बढ्दै गर्दा अर्याल गुरुङसँग पछि पर्नुभएको छ ।

प्रतिनिधि सभा तर्फ प्राप्त पछिल्लो परिणाम अनुसार काँग्रेस उम्मेदवार गुरुङले १५ हजार ८०५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एमाले उम्मेदवार अर्यालले १३ हजार ५६६ मत ल्याउनु भएको छ ।

अर्याल र गुरुङबीच पछिल्लो गणनाकाे परिणामलाई आकलन गर्दा कडा टक्कर भइरहेकाे छ । अर्यालले पछिल्लाे समय भने मतान्तर घटाउँदै लगि राख्नु भएकाे छ ।

गुरुङ र अर्यालबीच २ हजार २३९ मतको अन्तर छ । उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ९९२ मत ल्याउनु भएको छ । अहिलेसम्म १ हजार ३४८ मत बदर भएकाे छ ।

यो क्षेत्रमा मंसिर ४ गते नै मतदान सम्पन्न भए पनि मतदानमा धाँधली भएको उजुरी परेपछि मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले गत बुधबार मतगणना गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close