स्व. थापाको सम्झनामा अक्षयकोष स्थापना

नेपाली काँग्रेसका नेता तथा शिक्षाप्रेमी स्व. जगतजंग थापाको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । हाल अमेरिकामा बस्दै आउनु भएकी समाजसेवी जयन्ती थापा र धर्मजंग थापाले संयुक्त रुपमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

स्व. थापाको १३ औं दिनको पुष्यतिथिको अवसरमा उहाँले शिक्षण गर्नुभएको विद्यालय त्रिभुवन माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको स्व. थापाका भाइ धर्मजंग थापाले जानकारी दिनुभयो ।

जयन्ती थापाले रु २ लाख र उहाँका भाइ धर्मजंग थापा तथा अर्की छोरी लक्ष्मी थापाले ५०/५० हजार गरी ३ लाखको अक्षयकोष स्थापना गरिएको छ । उक्त अक्षयकोषबाट आएको व्याजले त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययरत छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान गरिने बताइएको छ ।

नेपाली काँग्रेसका नेता स्व. जगतजंग थापाले दैलेखमा शिक्षाको क्षेत्रमा निकै ठूलो योगदान दिनुभएको थियो । निकै लामो समय काँग्रेसको राजनीति गरेर समाजसेवा गरिरहनु भएका थापा दैलेखको शिक्षाक्षेत्रको समेत एक उज्जवल नक्षत्रको रुपमा मानिनुहुन्छ । कोरोनाका कारण गत असार २१ गते उहाँको निधन भएको थियो । थापाको निधनले दैलेखमा काँग्रेसलाई मात्र होइन शिक्षा क्षेत्रलाई समेत अपुरणिय क्षति भएको शिक्षाप्रेमीहरुले बताउँदै आएका काँग्रेसको राजनीति गरेर समाजसेवा गरिरहनु भएका थापा दैलेखको शिक्षाक्षेत्रको समेत एक उज्जवल नक्षत्रको रुपमा मानिनुहुन्छ । कोरोनाका कारण गत असार २१ गते उहाँको निधन भएको थियो ।

थापाको निधनले दैलेखमा काँग्रेसलाई मात्र होइन शिक्षा क्षेत्रलाई समेत अपुरणिय क्षति भएको शिक्षाप्रेमीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close