कर्णाली प्रदेशमा कांग्रेस सभापतिमा ललितजंग शाही विजयी

सुर्खेत ः कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेश सभापतिमा ललितजंग विजयी भएका हुन् । पराजित सभापतिका उम्मेद्वारद्वय भुपेन्द्रजंगले ३ सय १७ मत र मोतीराज बमले ७ मत प्राप्त गर्नुभएको छ । विजयी शाही संस्थापन पक्षका हुनुहुन्छ भने उहाँले ४२२ मत ल्याउनु भएको हो ।
पराजित भएका भुपेन्द्रजंग संस्थापनइतर वरिष्ठ नेता रामचन्द पौडेल समुहका हुनुहुन्छ भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुनुहुन्छ । खसेको कुल ७५४ मत मध्ये ८ मत बदर भएको छ । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close