राष्ट्रिय प्रजातन्त्र दिवस ः प्रदेश सरकारले तीन दिनसम्म दिपावली गरेर मनाउने

फागुन ५, सुर्खेत।

कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दिपावली गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशबासीहरुका घर–घरमा पनि दिवापली गरेर प्रजातन्त्र दिवसलाई भव्य बनाउन प्रदेश सरकारले अनुरोध गरेको छ ।
यस्तै प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको प्रमुख सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयाे  ।
यस्तै स्थानीय प्रशासनसँगको सहकार्यमा शनिबार वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा मुख्यमन्त्री, सरकारका मन्त्री, कर्मचारी र सरोकारवालाहरुको उपस्थितिमा सरसफाई कार्यक्रमको आयोजना गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close