डिजिटल मार्केटिङ तालिम सम्पन्न

बराहताल गाउँपालिकामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजनाको सहयोगमा बराहताल गाउँपालिकामा संचालन भएका साना उद्यमीहरुलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम संचालन भएको हो ।
तालिममा पावर परियोजना अन्तरगत व्यवसायमा सम्लग्न १७ जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनले समयमै सीप सिकाइसँगै व्यवसायको बजारीकरणका लागि डिजिटल मार्केटिङ अहिलेको आवश्यकता भएको बताउनु भयो । प्रविधिको विकास र इन्टरनेटको पहुँचले ग्रामिण वस्तीहरुमा समेत किनमेलका लागि अनलाइन बजार विकल्पका रुपमा भएकाले व्यवसायीलाई थप सहयोग गर्न पालिका तयार हुने समेत उहाँले बताउनु भयो ।
तालिम क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरका निर्देशक मानबहादुर वलीले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close