देश टुक्रा पार्छु भन्ने सिके राउतलाई सरकारमा ल्याउने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा मधेश केन्द्रित दलको पदाधिकारी रहेका दुईजना नेतालाई सरकारमा सहभागी गराए । हृदयश त्रिपाठीलाई सामान्य प्रशासन र रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिए । दुवै मन्त्री ओलीका कट्टर आलोचक र मधेशको मुद्दामा उग्र अभिव्यक्ति दिएर सक्रिय भएका थिए ।

त्रिपाठी र यादवलाई सरकारमा सहभागी गरेपछि ओलीले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन पहल थालेका छन् । मधेशको मुद्दामा उग्र विचार राख्ने राजेन्द्र महतो संयोजक हुँदा ओलीका तर्फबाट त्यस्तो पहल भइसकेको बुझिएको छ ।

ओलीले सी के राउतलाई बिखण्डनकारी विचार त्याग्न वाध्य पारे । अब उनलाई सरकारमा ल्याउने पहल भइसकेको छ । राउतले त्यसको संकेत गरिसकेका छन् । उनले विगतमा उठाएको विचार त्यागेर रङ्गभेदविरुद्धको विचार अघि सारेका छन् । मधेशमा उक्त विचारसहितको प्रदर्शन समेत गरे । यसलाई उनको सुरक्षित अवतरणपछि विचारमा आएको परिवर्तनका रुपमा लिइएको छ ।

यसै वर्षको अन्ततिर ओलीले मन्त्रीमण्डल पुनः पुर्नगठन हुने संकेत गरिसके । राष्ट्रिय सभामा केही सिटमा चुनाव हुँदा राउतको समेत सम्भावना छ ।
राउतलाई राष्ट्रिय सभामा स्थान दिएर ओलीले मन्त्री बनाउने गरी रणनीति बनिरहेको बुझिएको छ । त्यसैको माहोल बनाउन राउतले आफूलाई बिखण्डनकारी नभएको सन्देश दिन थालेका छन् । उनको यु टर्न अब सरकारमा सहभागी हुने मार्ग खोल्ने रणनीतिका रुपमा बुझिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close