इलाम पुगेर झलनाथ खनालले भने– नेकपा फुट्छ भनेर रोटी नबेल्दा हुन्छ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले अहिले नै नेकपा नफुट्ने दाबी गरेका छन् । उनले सचिवालयका बहुमत सदस्यहरु नेकपा फुटाउन हुँदैन भन्ने पक्षमा रहेको र अहिले नेकपा फुट्न सक्ने सम्भावना पनि नरहेको बताएका हुन् ।

सोमबार गृहजिल्ला पुगेका खनालले पार्टी फुट्छ भन्ने भ्रममा नरहन सबैलाई आग्रह गरेका छन् ।

‘संविधानले नै पार्टी फुटाउन दिँदैन,’ उनले एक कार्यक्रममा भनेका छन्, ‘अहिले हामीले बहस गरेका हौँ । बहस र छलफल हुँदा आत्तिनु पर्दैन ।’

अहिले नेकपा आन्तरिक रुपान्तरणमा गुज्रिएको बताउँदै उनले नेकपा फुटे रोटी सेकाउँछु भनेर रोटी बेल्न खोज्नेहरुलाई त्यस्तो नगरे हुने बताएका छन् । ‘बेलिसकेको रोटी हो भने पनि सेकाउने ठाउँ हुँदैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close