सुर्खेतमा २० करोडको लगानीमा सञ्चालन भएकाे डेरीकाे रारा ब्राण्ड बजारमा (भिडियाे सहित)

४ बर्ष अघि रारा भ्रमणमा आएका सिन्धुुपाल्चोक मेलम्चीका सुमन घाेरासैनी सहितको टिमलाई सुर्खेत उपत्यकाले मन लोभ्यायो । व्यावसायीक योजनाले कर्णाली प्रदेशमा प्रवेश गरेका उनी सहित ३ युवाहरुले पढेलेखेका युवाहरु विदेशिनु पर्ने र जागिरका लागि शहरमा भौतारिनु पर्छ भन्ने मान्यतालाई गलत सावित गर्ने गरी व्यवसायमा लागेका छन ।
रारा भ्रमणमा निस्केको घाेरासैनी सहितको टिमले सुर्खेतमा दुध डेरी उद्योगको स्रोत र बजारको अध्ययन गरी वीरेन्द्रनगर औधोगिक क्षेत्रमा सुर्खेत डेरी उद्योग प्रा.लि. सञ्चालन गरेकोे छ । कर्णाली प्रदेशमा नै पहिलो पटक नीजि क्षेत्रबाट ठुुलो लगानीमा सञ्चालन भएको डेरी उद्योगका रारा ब्राण्डका दुध, दही, ध्युु, मही लगायतका उत्पादनले सुर्खेत लगायतका क्षेत्रमा लोकप्रियतका कमाएको छ । करिव २० करोडको लगानीमा सञ्चालन भएको उद्योगले कर्णाली प्रदेशमा बजार नपाएर थन्किएको दुधलाई उपभोक्ता माझ पुु¥याएको छ ।
अहिले उद्योगले किसानसँग ल्याक्टो र फ्याटको आधारमा दुध लिने गरेको छ । किसानसँग लिएको दुध विभिन्न चिस्यान केन्द्रमा संकलन गरी उद्योगसम्म आउने गरेको छ । किसानबाट उद्योगसम्म आएको दुधलाई विभिन्न प्रक्रियामा प्रशोधन गरेर उपभोक्ता माझ पुु¥याउने गरेको छ ।
अहिले उद्योगले सिधै किसानसँग सम्पर्क गरी दुधको बजारको पहुँच स्थापित गरिदिएको छ । सहकारी, समुह हुदै किसानहरुले दुध विक्रिमा झण्झट व्यहोर्नु परेको छैन । अहिले किसानहरुले सरकारले तोके बमोजिम दुधको मूल्य पाएका छन् । दुधमा रहेको फ्याटको मात्रा अनुसार गाइको दुधमा ४० रुपैयादेखि ५५ रुपैयासम्म प्रति लिटर भैसीको दुध ५० रुपैयाँदेखि १०० रुपैयासम्म मुल्य तोकिएको छ ।
दैनिक १० हजार देखि १५ हजार दुध प्रशोधन गर्ने क्षमता सहित सञ्चालन भएको उद्योगले दहि, दुध, मही, पनिर लगायत ९ वटा दुधजन्य उत्पादन बजारमा पठाएको छ । कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई हेरी सञ्चालनमा आएको उद्योगले उपभोक्ता र कृषकका लागि पुलको काम गरेको सञ्चालक माधव धितालले बताउनु भयाे । चरम लकडाउनबाट प्रभावित अवस्थामा सञ्चालनमा आएको उद्योगले सुर्खेत लगायतको क्षेत्रको मागलाई काभ्रे लगायतका क्षेत्रबाट समेत दुधलाई उपभोक्तामा पु¥याएको उहाँले बताउनु भयाे ।

हाल कर्णाली प्रदेशमा करिव १० हजार दुध उत्पादन भइरहेको छ । उद्योगले हाल ५० हजार लिटर प्रशोधन क्षमता राखेको छ । प्रविधिको उच्चतम प्रयोग गरी सञ्चालनमा आएको उद्योगले किसानबाट आएको दुधलाई नियमित परीक्षण गरेर मात्र उपभोक्तासम्म प¥याउने गरेको छ । उद्योगले अबका दिनमा कर्णाली प्रदेशबाटै आपूर्ति पुरा गर्ने लक्ष्य लिएको अर्का सञ्चालक सुमन घाेडासैनीले बताउनुहुन्छ ।

उद्योगभित्र २० जना र संकलन केन्द्रमा १० जना गरी उद्योगमा प्रत्यक्ष ३० जनाले रोजगारी पाएका छन् ।
एकातिर किसानको दुधले बजार नपाउने र अर्को तिर उपभोक्ताले गुुणस्तरीय दुुध नपाउने समस्यालाई उद्योगले हटाएको छ । करिव २० करोडको लगानीमा सञ्चालन भएको उद्योगले सुर्खेत, दैलेख, सल्यान लगायतका ग्रामिण किसानको दुुध सिधै खरिद गरी उपभोक्तासँग जोडेको छ । उच्चतम प्रविधिको प्रयोग गरी सञ्चालनमा आएको उद्योगले दुध मुल्य श्रृंखलालाई आत्मसाथ गर्दै दुध उत्पादक किसानको भविष्यका रेखा कोरि दिएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close