अनुमतिबिना सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति बिना सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कानून बमोजिम कारवाही गर्ने जनाएको छ ।

मन्त्रालयले सूचना निकाली इजाजत नलिई सञ्चालित निजी, गैरसरकारी, सहकारी तथा गैरनाफामूलक स्वास्थ्य संस्थाहरु सञ्चालन भइरहेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयले जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ अनुसार इजाजत नलिई सञ्चालित स्वास्थ्य संस्थाहरुलाई कानून बमोजिम कारवाही गरिने बताएको छ । स्वास्थ्य संस्था सञ्चालन तथा नवीकरणका लागि नियमावलीको परिच्छेद ४ तथा अनुसुची ९ बमोजिम मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close