दशैंमा नयाँ फोन किन्नुभयो ? यी कुरामा ख्याल राख्नुहोस्

काठमाडौं । चाडबाडको समयमा कतिपयले नयाँ लुगा मात्र होइन नयाँ मोबाइल समेत खरिद खरिद गरिरहेका हुन्छन् । अवश्य पनि जब हामी नयाँ फोन खरिद गर्दछौं, त्यसको निकै ख्याल राख्ने गर्दछौं ।

फोहोर हातले छुन हिचिकिचाउछौं । फोनको स्क्रिनलाई पटक पटक सफमा गरिरहन्छौं । फोनको स्क्रिनमा कुनै प्रकारको स्क्य्राच आउन नदिने त्यसमा स्क्रिन गार्ड पनि लगाइहाल्छौं ।

यहाँसम्म कि फोनका लागि तुरुन्तै नयाँ कभर पनि खरिद गर्छौं । यी सबै कुराबाट स्पष्ट हुन्छ, हामी आफ्नो फोनलाई कति धेरै ख्याल राखिरहेका हुन्छौं ।

यस्तोमा फोनमा अलिकति पनि खराबी आयो भने हामीमा हैरानी पैदा गराउँछ । आज हामी तपाईंलाई केही यस्ता कुरा बताउँदै छौं, जसले त्यस किसिमका केही हैरानीलाई दूर गर्न सहयोग पुर्‍याउनेछ ।

फोनमा प्रोटेक्सन राख्नुहोस्

फोन खरिद गर्दा तपाईंले सबैभन्दा पहिला त्यसमा स्क्रिनगार्ड लगाउनुपर्ने हुन्छ । अक्सर नयाँ स्मार्टफोन निकै चिप्लो हुने गर्दछन् र नयाँ भएकै कारण हामी त्यसलाई बारम्बार हातमा लिइरहेका हुन्छौं ।

तर सोच्नुहोस्त त, यदि तपाईंको फोन हातबाट खस्यो भने ? पक्कै पनि स्क्रिन ड्यामेज हुन सक्छ । त्यसैले फोनको सुरक्षाका लागि तपाईंलाई स्क्रिन गार्ड राख्न जरुरी छ ।

सेक्युरिटी कोड राख्न नबिर्सिनुहोस्

तपाईंले आफ्नो डेटाको सुरक्षामा निकै ध्यान दिनुपर्ने हुन्छ । फोन खरिद गरिसकेपछि यसलाई सुरक्षित बनाउनका लागि केही तरिका अपनाउन सक्नुहुन्छ । यसमा पासवर्ड, फिंगरप्रिन्ट, प्याटर्न लक तथा फेस लकमध्ये कुनै पनि तरिका अपनाउनु सक्नुहुन्छ ।

यसो गर्दा तपाईंको फोन कसैले खोतलखातल पार्न सक्ने छैन । यसबाट तपाईं आफ्नो डेटा सुरक्षित रहेकोमा निश्चिन्न रहन सक्नुहुन्छ ।

विजेट्स रिमुभ गर्नुहोस्

धेरै जसो नयाँ फोनमा कयौं विजेट्स हुने गर्दछन् । फोनमा प्रिइन्स्टल रुपमा रहने विजेट्सका अलावा कम्पनीको तर्फबाट कयौं एप समेत हुने गर्दछन् । जसले तपाईंको ब्याट्रीलाई अनावश्यक रुपमा खर्च गरिदिन्छन् । यस्ता एपलाई फोन खरिद गरिसकेपछि तुरुन्तै हटाइदिनुहोस् ।

जरुरी एप डाउनलोड गर्नुहोस्

फोनको सुरक्षाको हिसाबले तपाईंले आफ्नो आवश्यकताका एपहरु तुरुन्तै डाउनलोड गर्नुपर्ने हुन्छ । आफ्नो सामाजिक सञ्जाल अकाउन्ट वा अन्य अकाउन्टलाई कनेक्ट गराउनुहोस् ।

यदि तपाईं फोटो ग्राफीको सौखिन हुनुहुन्छ भने छुट्टै क्यामेरा एप पनि डाउलोड गर्न सक्नुह्नछ । यसमा तपाईंलाई कयौं सानदार फिल्टर र इफेक्ट मिल्नेछन् । त्यसो त आजकलका फोनमा फोटो क्लिक गर्नका लागि एक से एक आकर्षक फिचर र फिल्टर दिइएका हुन्छन् ।

होम स्क्रिन सेट गर्नुहोस्

नयाँ फोन खरिद गरिसकेपछि तपाईंलाई फोनका फिचर तथा सेटिङलाई बुझ्न केही समय लाग्छ । त्यसैले आफ्नो फोनको होम स्क्रिनलाई आफ्नो तरिकाले कस्टमाइज गरिहाल्नुहोस् ।

तपाईं आफ्नो अनुसारको आईकन, वालपेपर र कलर पनि छनौट गर्न सक्नुहुन्छ । कयौं यस्ता एप हुन्छन्, जसलाई तपाईं सबैभन्दा धेरै प्रयोग गर्नुहुन्छ ।

त्यस्ता एपलाई फोनको होम स्क्रिनमा राख्नुहोस् । यसले तपाईंलाई फोन चलाउन सहज बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close