८ दलको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ८ दलको बैठक बसेको छ।
अपराह्न ४ः३० बजेदेखि बैठक जारी छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनमत पार्टीका अब्दुल खान, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा नेता राजेन्द्र श्रेष्ठलगायत छन्।
समसमायिक राजनीतिक र राष्ट्रपति निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close