Murti

तीन मन्त्रालयमा मुख्यमन्त्रीको छड्के

सुर्खेत, पुस १५ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार तीन वटा मन्त्रालयको छड्के निरीक्षण गर्नु भएको छ । मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खड्के अनुगमन गर्नु भएको हो ।
तीन वटै मन्त्रालयमा अधिकांस कर्मचारीहरु अनुपस्थित थिए । चिसोको बहाना बनाएर कर्मचारी मन्त्रालयमा ढिलो उपस्थित भएका, केही जानकारीविनै मन्त्रालयमा नआएको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री शाहीले समयको व्यवस्थापनमा ध्यान दिन कर्मचारीहरुहलाई निर्देशन दिनु भएको थियो । मुख्यमन्त्री शाहीले मातहतका मन्त्रालय, महाशाखा, जिल्ला कार्यालय, विकास योजना, सार्वजनिक सरोकारका क्षेत्रको नियमित छड्के अनुगमन गर्दै आउनु भएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close